नियम १९
करार सेवामा नियूक्ति गर्न सक्ने
(१) प्राविधिक प्रहरी समूहको कुनै उपसमूहको लागि कुनै व्यक्तिको विशेषज्ञता अत्यावश्यक छ भन्ने नेपाल सरकारलाई लागेमा अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिई त्यस्तोे व्यक्तिलाई प्राविधिक प्रहरी समूहको सम्बन्धित उपसमूहको रिक्त पदमा बढीमा दुई वर्षसम्मको लागि विशेषज्ञको रूपमा काम गर्ने गरी करारमा नियुक्ति गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम करारमा नियुक्ति पाएको व्यक्तिलार्ई प्रहरी सङ्गठनको निर्देशनालय, विभाग, महाशाखा तथा शाखाको प्रमुखको रूपमा काममा लगाउन सकिने छैन ।